बौद्ध धर्मावलम्बी आकर्षित गर्दै भारत
ekantipur.com · Fri Oct 22 00:48:57 GMT 2021
नयाँदिल्ली — भारतले बौद्ध धर्मावलम्बी पर्यटक आकर्षण गर्न ठूलो लगानी गरिरहेको छ । भगवान् बुद्धसँग जोडिएका स्थानलाई ‘बुद्ध सर्किट’ परियोजनामार्फत विकास तथा यातायातको सहजतासमेत पुर्याइरहेको छ ।
यसै परियोजनाअन्तर्गत उत्तरप्रदेशको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको हो । सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले बुद्ध सर्किटको विकासका लागि ३ सय ४३ करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये २ सय ७८ करोड रुपैयाँ खर्च गरिसकेको छ । कुशीनगर विमानस्थल निर्माणमा केन्द्र र उत्तर प्रदेश सरकारको गरेर २ सय ६० करोड रुपैयाँ खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)