भारी वर्षाको पूर्वतयारी: पहिरो रोक्न धादिङको कृष्णभीरमा त्रिपाल ओढाइयो
corporatenepal.com · Thu Sep 24 03:15:52 GMT 2026

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको चर्चित तथा संवेदनशील मानिने कृष्णभीर क्षेत्रमा सम्भावित पहिरो रोक्न पूर्वतयारी स्वरूप त्रिपाल ओढाइएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको हो।
विगतमा वर्षात्को समयमा पटक-पटक भीषण पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएको कृष्णभीरमा माटो पखालिन नदिन र सीधै पानी पर्दा पहिरो खस्ने जोखिम कम गर्न भिरालो पाखाभरि त्रिपाल (प्लास्टिक) ले ढाकिएको छ। गत भदौ १० गते गएको त्रिशुलीको भीषण बाढीपछि १४ गते कृष्णभीरमा पहिरो गएर करिब दुई साता सो बाटो पूर्ण ठप्प भएको थियो । अहिले पहिरोमाथि अस्थायी ट्रयाक खोलेर बाटो खुलाइएको छ । तर थप पहिलो नखसोस् भनेर त्रिपाल ओढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)