रास्वपाले संसद् बैठकमा सांसदको समूहगत उपस्थिति अनिवार्य गर्यो, कुन दिन कुन समूह ?
bishowkhabar.com · Thu Sep 24 03:23:08 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत रूपमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा संसद् बैठकमा सांसदहरूको नियमित र पूर्ण उपस्थिति अपेक्षित रहेको उल्लेख गर्दै व्यावहारिक परिस्थितिलाई ध्यानमा राखेर शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका बनाइएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)