जेलेन्स्कीको आरोप- रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठायो
nepalviews.com · Thu Sep 24 03:27:34 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर रूस–युक्रेन युद्धमा पठाइरहेको आरोप लगाएका छन् ।
बुधबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उनले रूसले विभिन्न देशका नागरिकलाई सैनिकका रुपमा भर्ती गरेर युद्धभूमिमा पठाएको र तीमध्ये धेरैले ज्यान गुमाइरहेको दाबी गरे । जेलेन्स्कीले घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत ४७ देशका नागरिक रूसको युद्धमा प्रयोग भइरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)