मौसमसँगै फेरिन्छ भेडीगोठालाका वासस्थान
gorkhapatraonline.com · Thu Sep 24 03:30:27 GMT 2026

मुगुको पूर्वी क्षेत्रमा पर्ने छायानाथ रारा नगरपालिका–६ का खात्तला, सिप्टीचौर र हुड्क्याथला पाटनमा वर्षायाम सुरु भएसँगै भेडाका बथान देखिन थालेका छन् । बेँसीमा गर्मी बढेसँगै भेडापालक किसान चरनका लागि भेडालाई उच्च हिमाली क्षेत्रका पाटनमा लैजाने गर्छन् ।
छायानाथ रारा नगरपालिका–६ का भेडापालक किसान अमर कार्कीका अनुसार बेँसीमा गर्मी बढ्न थालेपछि हरेक वर्ष भेडाका बथान पाटनतर्फ लैजाने गरिन्छ । वैशाखदेखि कात्तिकसम्म विभिन्न पाटनमा भेडा चराउने र उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मङ्सिरको पहिलो सातादेखि बेँसीतर्फ झार्ने गरिएको उहाँले बताउनुभयो । कार्कीले भन्नुभयो, “बर्खामा पाटनतिर र हिउँदमा बेँसीतिर भेडा लैजानु हाम्रो परम्परागत चलन हो । भेडाको चरन र मौसम अनुसार वर्षभरि वासस्थान परिवर्तन गरिरहनु पर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)