नयाँ डिजाइनको एक हजारको नोट आजदेखि बजारमा, प्रकाशअनुसार रङ परिवर्तन हुने
corporatenepal.com · Thu Sep 24 03:23:07 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षण विशेषतासहितको एक हजार रुपियाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको एक हजार रुपियाँको नोट प्रचलनमा ल्याइएको जनाएको हो। नयाँ नोटको आकार भने यसअघिकै नोटसरह कायम राखिएको छ भने रङमा परिवर्तन गरिएको छ।
नयाँ नोटको अग्रभाग बैजनी रङको घेराभित्र फिक्का हरियो रङमा तयार गरिएको छ। यसको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शका माध्यमबाट नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटमा रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)