चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम
khabarhub.com · Thu Sep 24 03:30:56 GMT 2026

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी असोज ९ गते शुक्रबार र १० गते शनिबार भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको हो। महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्सा अनुसार, आगामी चार दिन देशभर मौसमी जोखिमको स्तर फरक-फरक रहनेछ।
महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको जोखिम कम रहे पनि बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका धेरैजसो भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)