मुद्दाको चाप बढिरहेको सर्वोच्चमा न्यायाधीश नियुक्ति कहिले ?
ratopati.com · Thu Sep 24 03:39:29 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा दिन प्रतिदिन मुद्दाको चाप बढिरहेको छ । देशभरबाट आउने मुद्दाको चाप बढे पनि सर्वोच्चले दरबन्दी अनुसार न्यायाधीश भने पाउन सकेको छैन । गत सातामात्रै न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिलाई प्राथमिकतामा राख्दा सर्वोच्च अदालत भने समेटिन सकेन ।
न्याय सम्पादन गर्ने मुख्य निकायमा न्यायाधीशहरूको पदपूर्ति कहिले हुने भन्ने गम्भीर प्रश्न उठिरहेको छ । संविधानले प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी तोकेको सर्वोच्चमा हाल १७ जनामात्रै कार्यरत छन् । अब न्यायाधीश विनोद शर्मा अवकाश पाउने सूचीमा थपिँदै छन् । सर्वोच्चमा न्यायाधीश घट्दै जाने र मुद्दाहरूको थुप्रो लाग्ने क्रम बढ्दै गर्दा न्याय सम्पादनको गति प्रभावित भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)