कोशीका जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नियुक्ति गरिने
kendrabindu.com · Thu Sep 24 03:36:34 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा तीनदेखि चार जना विशेषज्ञ चिकित्सक खटाउने तयारी गरेको छ । विशेषज्ञ डाक्टर खटाउनका लागि बजेटको व्यवस्था गरेकाले यसका आवश्यक तयारी थालिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले दुर्गम तथा पहाडी जिल्लाका जनतालाई स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन यस्तो योजना अघि बढाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)