बुटवलका विद्यालयमा दुई दिन पठनपाठन बन्द
baahrakhari.com · Thu Sep 24 03:37:00 GMT 2026

बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
यही असोज ८ गते दिवासत्रका कक्षा बन्द गरिनेछ । असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने नगरप्रमुखस्तरीय निर्णय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)