काभ्रेका निजी विद्यालय दुई दिन बन्द
kendrabindu.com · Thu Sep 24 03:41:48 GMT 2026

काभ्रे । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेका निजी तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेका अध्यक्ष श्याम भुजेलका अनुसार असोज ८ र ९ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
उनका अनुसार विद्यालय बन्द गर्ने विषयमा औपचारिक निर्णयभन्दा पनि मौसमी पूर्वानुमान र स्थानीय तहसँगको समन्वयमा मौखिक सल्लाह भएको थियो । सरकारले असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरी विद्यालय बिदा गर्न सकिने जानकारी गराएको र सोहीअनुसार काभ्रेका स्थानीय तहले निर्देशन दिएपछि प्याब्सनअन्तर्गतका संस्थागत विद्यालय बन्द गरिएको भुजेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)