आईपीएल २०२७ को अक्सन डिसेम्बरमा गोवामा हुने
ratopati.com · Thu Sep 24 03:45:27 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२७ संस्करणका लागि खेलाडी लिलामी भारतको गोवामा हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाले बुधबार लिलामी डिसेम्बरमा गोवामा आयोजना हुने पुष्टि गरेका हुन् ।
सैकियाले भारतीय सञ्चारमाध्यममा कुरा गर्दै पछिल्ला तीन संस्करणको लिलामी विदेशमा आयोजना गरिएको भए पनि यसपटक भारतमै फर्काउन लागिएको बताएका क्रिकइन्फोले जनाएको छ । उनका अनुसार यसअघि लिलामी साउदी अरेबिया, दुबई र अबुधाबीमा आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)