संसद् बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि रास्वपाको नयाँ नियम
lokaantar.com

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकमा सांसदहरूको उपस्थिति थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ समूहगत उपस्थिति तालिका सार्वजनिक गरेको छ। संसद्का छलफलहरूलाई अझ गुणात्मक, प्रभावकारी र फलदायी बनाउन यो निर्देशन दिइएको रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संसद् बैठकमा सांसदहरूको नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहे पनि व्यावहारिक परिस्थितिहरूलाई मध्यनजर गर्दै शून्य समय र समूहका आधारमा न्यूनतम संख्या उपस्थिति तालिका निर्धारण गरिएको पार्टीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)