हुलाकी राजमार्गलाई अलपत्र छोडिएपछि प्रभु साहले भने यस्तो विभेद किन सरकार
rajdhanidaily.com · Mon Apr 01 23:19:36 UTC 2024
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले हुलाकी राजमार्ग निर्माणमा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका छन् । उनले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न सरकारसमक्ष माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले देशमा निर्माण भैरहेको राष्ट्रिय राजमार्गको सडक सिमा कति हो भनेर हामी जान्न चाहन्छौं । हामी हेरिरहेका छौं कि राष्ट्रिय गौरवको रुपमा स्थापित राष्ट्रिय राजमार्गहरु मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, मदन भण्डारी राजमार्गलगायत महत्वपूर्ण सडकहरुको सडक सिमा १२ मिटर गरिएको छ । सबैलाई थाहा छ कि सडकको लम्बाईको अनुपातमा चौडाई हुन्छ’ साहले भने, ‘जिल्लास्तरका साना सडकहरु ६ लेनका हुने राष्ट्रिय मार्गहरु दुई लेनका हुने ? हिजोपनि सडकहरु बनेका थिए । हिजो गाडी घोडाहरु कम हुँदा, सवारीसाधन कम हुँदा राष्ट्रिय राजमार्गका सडकहरुको सडक सिमा ५० मिटर कायम गरिएको थियो । आज अरबौं, खरबौं लगानी गरेर १२ मिटरमा सडक निर्माण गरेर हामी के सन्देश दिन खोजेका छौं ? त्यसबाट के लक्ष्य प्राप्त गर्न खोजेका छौं । यसरी सरकारको बजेट दुरुपयोग गर्न मिल्छ ? यसरी हेलचेक्र्याँई गर्न मिल्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)