बुटवलमा दुई दिन विद्यालय बन्द
ratopati.com · Thu Sep 24 03:59:25 GMT 2026

बुटवल । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गरिनेछ। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)