फ्लाइ दुबईको ऐतिहासिक उडान
rajdhanidaily.com · Thu Sep 24 03:55:51 GMT 2026

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको विमान अवतरण भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले ११५ जना यात्रु बोकेर आएको हो । जहाज बुधबार ७ बजेर ५४ मिनटमा पोखराबाट १५३ जना यात्रु बोकेर फर्किसकेको छ । १६६ सिट क्षमताको उक्त जहाजमा १० सिटमा बिजनेस र १५६ जनाको इकोनोमी क्लासका सिट छन् ।
पोखराका लागि यो उडान ऐतिहासिक भएको भन्दै पोखरेलीले भव्य स्वागत गरे । जहाजलाई एयरपोर्टमा पानीको फोहोराले स्वागत गरिएको थियो । विमान उडाउने नेपाली पाइलट सर्वजित यादव थिए । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् । यात्रुहरु पनि विभिन्न देशबाट दुबई हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)