मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एकै दिन दुई ह्याट्रिक, अस्ट्रेलियाका कमिन्सपछि इङ्ल्याण्डका क्रिस जोर्डनले रचे इतिहास

kalakarmi.com · Mon Jun 24 00:11:52 UTC 2024

ब्रिजटाउन– अमेरिका तथा वेस्ट इन्डीजमा जारी टी२० विश्वकप २०२४ मा आइतवार इतिहास रचिएको छ । एकै दिन खेलिएका दुई भिन्न खेलमा ह्याट्रिक बनेको छ । पहिला अस्ट्रेलियाका पेसर प्याट कमिन्सले अफगानिस्तानविरुद्ध ह्याट्रिक गरे भने दोस्रो खेलमा इङ्ल्याण्डका तिब्र गतिका बलर क्रिस जोर्डनले अमेरिकाविरुद्ध ह्याट्रिक लिएर इतिहास रचे ।

जोर्डनले यो उपलब्धि अमेरिकाविरुद्धको खेलमा हासिल गरेका हुन् । यो खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै अमेरिकी टीमले १८.५ ओभरमा ११५ रन बनाएर समेटियो । टीमका लागि नितिश कुमारले ३० तथा कोरी एन्डरसनले २९ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)