एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत
khabarhub.com · Thu Sep 24 04:04:12 GMT 2026
काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको २०औँ एशियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गर्दै शानदार जित हात पारेको हो।
टस जितेर पहिले फिल्डिङ गर्ने जापानको निर्णयपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। अफगानिस्तानका लागि वसिन अकरमले २९ बलमा ३४ रन र कप्तान दरविस रसुलीले २७ बलमा २९ रनको योगदान दिए। यस्तै, मोहम्मद इसहाकले २५ र करीम जनतले २१ रन जोडे। जापानका बलर शोमा स्लेटर र इब्राहिम ताकाहाशीले समान २-२ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)