मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा र बुटवलका विद्यालयमा दुई दिन पठनपाठन बन्द

kendrabindu.com · Thu Sep 24 04:04:29 GMT 2026

काठमाडौं । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै पोखरामहानगर र रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

यही असोज ८ गते दिवासत्रका कक्षा बन्द गरिनेछ । असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने नगरप्रमुखस्तरीय निर्णय छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)