अमेरिका-इरान युद्धको अन्त्य अझै अनिश्चित !
lokaantar.com

संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु ‘सम्झौता वा पूर्ण विनाश’मध्ये एक रोज्नुपर्ने चेतावनी दिएको २४ घण्टा नबित्दै इरानी राष्ट्रपति मसुद पेजेश्कियनले सोही मञ्चबाट कडा प्रतिवाद गरेका छन्। राष्ट्रपति पेजेश्कियनले ट्रम्पमाथि ‘गुन्डागर्दीको मानसिकता’ राखेको आरोप लगाउँदै इरान दबाबका सामु कहिल्यै नझुग्ने तर द्वन्द्व अन्त्यका लागि कूटनीतिक वार्ताको ढोका अझै खुला रहेको स्पष्ट पारेका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै धम्कीले इरानको दृढ संकल्पलाई अझ बलियो मात्र पेजेश्कियनले बनाउने बताए। अमेरिकाले इरानलाई आतंकवादको प्रमुख प्रायोजक भनेकोप्रति टिप्पणी गर्दै उनले, 'आतंकवाद फैलाउने र आफैँ आतंकवादीलाई तालिम दिनेहरूले नै आज हामीलाई आतंकवादी भनिरहेका छन्,' उनले आक्रोश व्यक्त गरे । उनको भाषण शुरू हुनासाथ अमेरिकी प्रतिनिधिमण्डल भने सभाकक्ष छोडेर बाहिरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)