सहयोगीलाई धम्की, प्रतिस्पर्धीलाई रेड कार्पेट, अमेरिकामा सीलाई ट्रम्पको न्यानो आतिथ्य
onlinekhabar.com · Thu Sep 24 04:07:24 GMT 2026

८ असोज, काठमाडौं । विदेशी राष्ट्रप्रमुखलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट सिधै विमानस्थल पुग्नु सामान्य कूटनीतिक अभ्यास होइन। तर, बुधबार साँझ मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा एउटा यस्तै दृश्य देखियो।
चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी पत्नी मेलानियासहित विमानस्थलमै पर्खिरहेका थिए। सी र उनकी पत्नी पेङ लियुआन विमानबाट ओर्लिंदा रेड कार्पेट, अमेरिकी सेनाको ब्यान्ड र फ्लाई-ओभरसहित भव्य स्वागत गरियो। ट्रम्पले मुस्कुराउँदै सीको काँधमा धाप मारे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)