डोल्पामा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्कियो
baahrakhari.com · Thu Sep 24 04:06:39 GMT 2026

सुर्खेत । नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको चक्का फुत्किएको छ । बिहीबार बिहान डोल्पा विमानस्थल जुफालमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको चक्का फुत्किए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
सीता एयरको ९ एन–ए–जे जहाज बिहान ८ः२५ बजे डोल्पा विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको चक्का फुत्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले बाह्रखरीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)