सुपर एल निनो : मृत्युको जोखिम यी देशमा बढी
baahrakhari.com · Thu Sep 24 04:09:54 GMT 2026

काठमाडौं । यस वर्षको शक्तिशाली ‘सुपर एल निनो’का कारण सिर्जित अत्यधिक गर्मीले आउँदो वर्षको सुरुसम्ममा विश्वभर चार लाख ५१ हजारसम्म थप मानिसको मृत्यु हुन सक्ने नयाँ अनुसन्धान प्रतिवेदनमा जनाइएको छ । विश्वव्यापी अनुसन्धान सञ्जाल क्लाइमेट इम्प्याक्ट ल्याबले बुधबार सार्वजनिक गरेको ‘४५१,००० एट रिस्क : ह्वेयर एक्सन क्यान सेभ लाइभ्स ड्युरिङ द सुपर एल निनो’ शीर्षकको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।
यस वर्ष जुनदेखि सन् २०२७ को फेब्रुअरी अन्त्यसम्म सामान्य वर्षको तुलनामा अत्यधिक गर्मीका कारण चार लाख ५१ हजारसम्म थप मृत्यु हुनसक्छ । विश्वका २४ हजार ३७८ क्षेत्रमा तापक्रम र अतिरिक्त मृत्युदरबीचको सम्बन्ध विश्लेषण गरी सन् १९९६ देखि २०२५ सम्मको औसत तापक्रमसँग अध्ययनमा तुलना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)