कास्कीका गाउँपालिकामा सर्वसम्मत, महानगरमा मतदानबाट निर्वाचित भए कांग्रेसको नेतृत्व
ratopati.com · Thu Sep 24 04:10:58 GMT 2026

पोखरा । नेपाली कांग्रेसले कास्कीका पाँचवटै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । बुधबार सबै पालिकामा नेतृत्व चयन गरिएको हो । कास्कीका ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने पोखरा महानगरपालिकामा मतदान मार्फत चयन गरिएको छ ।
कांग्रेस कास्कीका अनुसार, माछापुच्छ्रे गाउँपालिका सभापतिमा केशवराज अधिकारी निर्वाचित भए । उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । रुपा गाउँपालिकामा विमलबाबु न्यौपाने र अन्नपूर्णमा सुशील भट्टचन निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)