एसियाली खेलकुदमा इभान र नवीताको जोडी अन्तिम–१६ मा
kendrabindu.com · Thu Sep 24 04:12:31 GMT 2026
काठमाडौं । इभाना थापा र नविता श्रेष्ठको जोडीले एसियाली खेलकुदमा टेबलटेनिसको महिला डबल्समा अन्तिम–१६ को यात्रा तय गरेको छ । बिहीबार नागोयास्थित स्काई हल टोयोटामा नेपाली जोडीले सिंगापुरका झाओ युन ट्यान र क्लोइनी लाइबबाट ‘वाकओभर’ प्राप्त गरेको हो ।
अब नेपाली जोडीले अन्तिम–१६ मा दक्षिण कोरियाका युनि शिन र चेओनहुई जुसँग प्रतिस्र्धा गर्नेछ । मिक्स्ड डबल्समा यसअघि संयोग र नवीताको जोडी पहिलो चरणमै सीमित बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)