राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
nepalsamaya.com · Thu Sep 24 04:12:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट (सिरिज–२०२५) आजदेखि प्रचलनमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र बैजनी रङको मूल डिजाइन साविककै राखिएको छ भने फिक्का हरियो रङको घेरा कायम गरिएको छ।
नयाँ नोटमा पानीछाप, रङ परिवर्तन हुने सुरक्षा धागोलगायत थप सुरक्षात्मक विशेषता समावेश गरिएको बैंकले जनाएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप, दृष्टिविहीन व्यक्तिका लागि स्पर्शबाट पहिचान गर्न मिल्ने रोमन अक्षर ‘एम’ र तेर्सा रेखा राखिएको छ। ३.५ मिलिमिटर चौडा सुरक्षा धागोमा ‘एनआरबी’ र ’१०००’ अंकित गरिएको छ, जुन सोझो हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)