सूचना ढिला आउँदा विद्यालय पुगेका विद्यार्थी फर्किए, विराटनगरमा लगातार चार दिन पठनपाठन बन्द
annapurnapost.com · Thu Sep 24 04:07:45 GMT 2026

विराटनगर/ खोटाङ/दाङ : भारी वर्षाको सम्भावनालाई कारण देखाउँदै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि सूचना ढिला जारी हुँदा बिहीबार बिहान धेरै विद्यार्थी विद्यालय पुगेर फर्किनु परेको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि महानगरपालिकाले बिहीबार र शुक्रबार महानगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै वर्षाका कारण खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, सडक र बस्ती डुबानमा पर्न सक्ने तथा आवागमन प्रभावित हुनसक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)