फिनल्यान्डमा सहकर्मीहरुले एक अर्काको तलब हेर्न पाउछन् !
baahrakhari.com · Sun Nov 14 00:20:00 GMT 2021
हेल्सिन्की । फिनल्यान्ड सरकारले कर्मचारीहरुलाई सँगै काम गर्ने आफ्ना सहकर्मीहरुको तलब कति छ भनेर हेर्न पाउने नियम ल्याउने तयारी गरिरहेको छ । महिला र पुरुषबीचको पारिश्रमिक अन्तर घटाउने उद्देश्य सहित यस्तो कानुन स्थापना गर्न लागिएको बताइएको छ ।
तर यो प्रस्तावलाई फिनल्यान्डका दुवै मुख्य कर्मचारी युनिअनले कार्यस्थलमा विवाद बढ्ने भनेर आलोचना गरेका छन् । यस अन्र्तगत कुनै कर्मचारीलाई तलब सम्बन्धी आफूलाई भेदभाव गरिएको महसुस भएमा सहकर्मीको पारिश्रमिक जाँच गर्न पाउने भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)