परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता
khabarhub.com · Thu Sep 24 04:21:26 GMT 2026

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इशाक दारबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका दुई नेताबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो।
भेटका क्रममा दुवै मन्त्रीले नेपाल र पाकिस्तानबीच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे छलफल गर्नुभयो । सो अवसरमा दुई देशबीचको पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)