काठमाडौंका चार खाद्य उद्योगमाथि कारवाही
nepalviews.com · Thu Sep 24 04:27:49 GMT 2026

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण कार्यलाई तीव्र बनाएको छ । यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौं, स्थानीय तह तथा प्रहरीको संयुक्त टोलीले काठमाडौंका चन्द्रागिरि नगरपालिका र स्वयम्भु क्षेत्रका चारवटा खाद्य उद्योग एवम् व्यवसायहरूमा अनुगमन तथा कारबाही गरेको छ ।
चन्द्रागिरी नगरपालिका–१५, ढुंगेअड्डास्थित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा अनुगमन गर्दा अनुमतिपत्र नलिई म्याद नाघेका, लेभल नभएका र किरा परेका कच्चा पदार्थ प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको भेटिएको छ । उद्योगले म्याद नाघेको चकलेटमा नयाँ लेभल लगाएर बिक्री गर्ने गरेको तथा लेभलमा उल्लेख गरिएका मुख्य सामग्रीहरू (खुवा, नरिवल, काजु, बदाम आदि) नभई अखाद्य वस्तुको प्रयोग गर्ने गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)