नेपालगन्जबाट उडेको सीता एयरको जहाजको जुफाल एयरपोर्टमा पाङ्ग्रा खुस्कियो
annapurnapost.com · Thu Sep 24 04:20:48 GMT 2026

काठमाडौं : नेपालगन्जबाट उडेको सीता एयरको जहाजमा समस्या आएको छ। डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार नेपालगन्जबाट उडेको सीता एयरको 9N-AJ जहाज बिहान ८:२५ बजे डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने पछाडिको चक्का खुस्किएपछि क्रममा जहाज रनवेमा केही पर उछिट्टिई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)