जुफाल विमानस्थलमा अवतरणका क्रममा जहाजको टायर फुत्कियो
nepalnews.com · Thu Sep 24 04:33:22 GMT 2026

सुर्खेत। नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ। बुधबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडितर्फको दायाँ चक्का (टायर) फुत्किएर बाहिर निस्किएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार जहाजमा सात जना विदेशी नागरिक र छ जना नेपाली गरी १३ जना सवार थिए। सवारमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)