घोराहीका विद्यालय दुई दिन बन्द
gorkhapatraonline.com · Thu Sep 24 04:35:43 GMT 2026

प्रतिकूल मौसमका कारण घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने भएका छन्। घोराही उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै असोज ८ र ९ गते विद्यालय बन्द गर्न–गराउन सम्बन्धित विद्यालयलाई आग्रह गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावनाबारे सार्वजनिक सूचना जारी गरेको थियो। जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक, विद्युत् र सञ्चार सेवामा अवरोध हुन सक्ने जोखिम रहेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)