इतरपक्षको महाधिवेशनका लागि दैलेखमा मिनल विश्वकर्मालाई जिम्मा
nepalviews.com · Thu Sep 24 04:37:18 GMT 2026

दैलेख । नेपाली कांग्रेस संस्थापनइतर समूहले असोज १५ गते सुरु हुने १५औँ नियमित महाधिवेशन सम्पन्न गर्ने तयारीलाई जिल्ला तहसम्म तीव्रता दिएको छ। सोही क्रममा दैलेख जिल्ला संयोजकको जिम्मेवारी युवा नेता मीनबहादुर विश्वकर्मा (मिलन) लाई तोकिएको छ।
नेपाल तरुण दल दैलेखका जिल्ला अध्यक्षसमेत रहेका विश्वकर्मा कांग्रेसभित्र संस्थापनइतर धार तथा डा. शेखर कोइरालानिकट मानिन्छन् । जिल्लामा संगठन विस्तार, युवा परिचालन तथा पार्टीका गतिविधिमा सक्रिय विश्वकर्मालाई महाधिवेशनको जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)