मलेसियामा समस्यामा परेका नेपालीलाई निःशुल्क कानुनी सेवा दिन दूतावासले माग्यो कानुन व्यवसायी
ratopati.com · Thu Sep 24 04:41:07 GMT 2026

काठमाडौँ । मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कानुनी समस्या तथा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनका लागि कानुन व्यवसायीसँग आशयपत्र आह्वान गरेको छ ।
मलेसियामा कार्यरत ठुलो संख्याका नेपाली श्रमिक, महिला, शोषणमा परेका पीडित तथा हिरासतमा रहेका व्यक्तिहरू आर्थिक अभावका कारण कानुनी प्रक्रिया र वकिलको पहुँचबाट वञ्चित नहुन् भन्ने उद्देश्यले दूतावासले यस्तो पहल थालेको हो । यसका लागि दूतावासले आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी मलेसियाभरका कानुन व्यवसायीहरूको सूची तयार पार्न लागेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)