कपिलवस्तुका भगवानपुर र मैनारमा १२५ मिलिमिटरसम्म वर्षा
gorkhapatraonline.com · Thu Sep 24 04:43:17 GMT 2026

पछिल्लो १२ घण्टामा कपिलवस्तुको भगवानपुर र मैनार क्षेत्रमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले बिहान ८ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार मैनारमा १२५.२ मिलिमिटर र भगवानपुरमा १२३ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै, पाल्पाको बल्ड्याङ्गगढीमा पछिल्लो १२ घण्टामा ११६.६ मिलिमिटर वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्कअनुसार बल्ड्याङ्गगढीमा पछिल्लो २४ घण्टामा १६०.८ मिलिमिटर वर्षा मापन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)