बङ्गालको खाडीबाट गहिरो न्यून चापीय क्षेत्र भारत पस्यो, नेपालमा हावाहुरीसँगै अति भारी वर्षाको चेतावनी
kendrabindu.com · Thu Sep 24 04:42:18 GMT 2026

काठमाडौं । मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ । नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।
यो प्रणाली सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)