कांग्रेस काठमाडौँ महानगर सभापतिमा इन्जिनियर सुसन निर्विरोध
hamrakura.com · Thu Sep 24 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका कार्यसमितिको सभापतिमा इन्जिनियर सुसन वैद्य निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको उपसभापति (खुला)मा शिवनारायण श्रेष्ठ, (महिला उपसभापति)मा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित भएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिइन् ।
पेशाले आर्किटेक्ट ईन्जिनियर रहेका सुसन यसअघि काठमाडौँ महानगरको सचिव थिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै उनले राजनीतिक यात्रा शुरू गरेका थिए। त्यसबखत प्रहरीले चलाएको गोलि लागेर उनी घाइतेसमेत भए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)