एसियाडमा अभिभ प्रधानले बनाए राष्ट्रिय कीर्तिमान
ratopati.com · Thu Sep 24 04:47:39 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पौडीको पुरुष ५० मिटर बटरफ्लाइमा नेपालका अभिभ प्रधानले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
अभिभले बुधबार भएको हिट चरणमा २६.०५ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । उनले गत जुलाईमा ललितपुरमा सम्पन्न तेस्रो नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा २६.४० सेकेन्डमा ५० मिटर बटरफ्लाइ पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । नेपाल पौडी संघको अभिलेखमा पनि २६.४० सेकेन्डको उक्त समय अभिभकै नाममा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)