काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट
nepalsamaya.com · Thu Sep 24 04:47:57 GMT 2026

काठमाडौं। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन र निरीक्षण कार्यलाई तीव्र बनाएको छ। यसै क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौँ, स्थानीय तह तथा प्रहरीको संयुक्त टोलीले काठमाडौंका चन्द्रागिरी नगरपालिका र स्वयम्भु क्षेत्रका चारवटा खाद्य उद्योग एवम् व्यवसायहरूमा अनुगमन तथा कारबाही गरेको छ।
चन्द्रागिरी नगरपालिका–१५, ढुंगेअड्डास्थित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा अनुगमन गर्दा अनुमतिपत्र नलिई म्याद नाघेका, लेभल नभएका र किरा परेका कच्चा पदार्थ प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको भेटिएको छ। उद्योगले म्याद नाघेको चकलेटमा नयाँ लेभल लगाएर बिक्री गर्ने गरेको तथा लेभलमा उल्लेख गरिएका मुख्य सामग्रीहरू (खुवा, नरिवल, काजु, बदाम आदि) नभई अखाद्य वस्तुको प्रयोग गर्ने गरेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)