पोखरा-दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
nagariknews.nagariknetwork.com · Thu Sep 24 04:25:15 GMT 2026

अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो। फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तको भीड देखिन्थ्यो।
कोही घर फर्कदाँको खुसी साटिरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको क्षणले भावुक देखिन्थे। पहिलोपटक दुबईदेखि सिधा उडानबाट पोखरा आउने यात्रुको स्वागतका लागि स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायीलगायत विमानस्थल पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)