प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय
ratopati.com · Thu Sep 24 04:56:24 GMT 2026

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तले सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
समितिको बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकले सरकारले गत शुक्रबार १३ देशका लागि राजदूतमा सिफारिस गरेकाहरूको उजुरी प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । बैठकपछि समिति सभापति बोधनारायण श्रेष्ठले सरकारी सञ्चारमाध्यम र संघीय संसद सचिवालयको विद्युतीय पेजबाट उजुरी आह्वान गर्ने निर्णय भएको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)