सानिमा मिडल तमोरको नगद लाभांश घोषणा
aarthiknews.com

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पेश गर्न असोज ३० गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ असोज १९ गते बुक क्लोज तोकिएको छ । तसर्थ असोज १८ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न साथै, सभामा सहभागिता जनाउन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)