नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै
arthasansar.com · Thu Sep 24 04:58:25 GMT 2026

नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो। नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ।नोटको अगाडिको भागमा सगरमाथाको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापमा १ हजार अंकसमेत देखिनेछ। प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा १ हजार अंक देखिने गरी ‘सी थ्रु रजिस्टर’ पनि राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)