मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी चालक अनुमतिपत्र
gorkhapatraonline.com · Thu Sep 24 05:01:47 GMT 2026

मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छापेर वितरण सुरु गरेको छ। पहिलो चरणमा श्रम तथा यातायात मन्त्रालयले तीन हजार ८१ वटा चालक अनुमतिपत्र छापेर प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयलाई वितरणका लागि हस्तान्तरण गरेको हो।
श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले पहिलो चरणमा छापिएका चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय, जनकपुरका प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गर्नुभयो। उहाँले छापिएका चालक अनुमतिपत्र सेवाग्राहीलाई यथाशीघ्र वितरण गर्न निर्देशन दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)