आईपीओमा सुरक्षाकर्मीलाई दुई प्रतिशत सेयर सुनिश्चित गर्ने सरकारको तयारी
kendrabindu.com · Thu Sep 24 05:02:43 GMT 2026

काठमाडौं । सुरक्षाकर्मीलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) मा दुई प्रतिशत कोटा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाएको जानकारी बुधबार संसदमा गराए ।
यससँगै सुरक्षाकर्मीले वैदेशिक रोजगारी, स्थानीय प्रभावित लगायतलाई जस्तै गरी आईपीओ निष्काशन सुनिश्चित हुनेछ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसका लागि विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डसँग प्रारम्भिक छलफल चलाएको छ । मन्त्रिपरिषद्ले निर्णय गर्ने वा धितोपत्र बोर्डले नियमावलीमार्फत कार्यान्यवनमा लैजाने भन्ने दुई विकल्प ऊर्जा मन्त्रालय छलफल गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)