एक हजार रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
nepalpress.com · Thu Sep 24 05:00:44 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा परिमार्जन गरी नयाँ विशेषताहरूसहित एक हजार रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै बिहीबारदेखि उक्त नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।
नयाँ नोटमा वैजनी रंगको घेराभित्र फिक्का हरियो रंग रहेको छ । नोटको अघिल्लो र पछिल्लो भागमा विभिन्न सुरक्षात्मक तथा पहिचानजन्य विशेषताहरू राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)