कुर्मीको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा निवेदन
ekantipur.com · Tue Nov 15 16:40:23 GMT 2022
नेपालगन्ज — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपितलाई सत्तारूढ दल कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीहरूले बादशाह कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं. ३ प्रदेशसभा (१) का कांग्रेस उम्मेदवार कुर्मीलाई उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीले विरोध जनाउँदै आएका छन् । कुर्मीलाई सत्ता गठबन्धनका दलहरूको साथ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)