प्रमोद खरेल र दिपक मैथानेको ‘बैगुनी’ सार्वजनिक (भिडियो)
annapurnapost.com · Sat Jul 31 06:39:00 GMT 2021
काठमाडौं : कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन्। लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द श्रृजना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन्। नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्थ समयका बावजुत पनि निरन्तर समर्पित छन्।
बेलायतमा छायांकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ। ‘बैगुनी’को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन्। करिब डेढ दशकदेखि पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ् नवीन निरौलाले गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)