संयुक्त राष्ट्रसंघद्वारा एआई जोखिम व्यवस्थापनका लागि बहुपक्षीय संयन्त्रको माग
nepalnews.com · Thu Sep 24 05:08:42 GMT 2026

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को तिब्र विकासले निम्त्याउन सक्ने गम्भीर जोखिमलाई मध्यनजर गर्दै यसलाई व्यवस्थापन गर्न तत्काल विश्वव्यापी संयन्त्र आवश्यक रहेको औँल्याएका छन् । उनले ‘बहुपक्षीय एआई जोखिम व्यवस्थापन फ्रेम वर्क’ निर्माण गर्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गरे । महासचिव गुटेरेसले एआई प्रविधिको विकास मानिसको बुझाइभन्दा धेरै गुणा तिब्र गतिमा भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले प्रविधि आफैँमा खतरा नभए पनि जबाफदेहिता र पारदर्शिताको अभावमा यसले गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिए ।
उनले भने, ‘आजको शक्ति डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदममा निहित छ, जुन निकै थोरै मानिस वा कम्पनीको हातमा केन्द्रित छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)